क्यानले भन्यो – सन्दीपबारे कानुन अनुसार अघि बढ्छाैँ


काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका लामिछानेकाे विषयमा कानूनअनुसार अघि बढ्ने बताएका हुन् ।

आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको चन्दको भनाई छ ।

प्रतिक्रिया