नागरिकता प्रक्रियाका लागि जिल्ला प्रशासन पुगे रवि

काठमाडाैं – नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।

सर्वोच्च अदालतले अनागरिक ठहर गर्दै उनको सा‌ंसद र मन्त्री पद खारेज गरेपछि उनले पुनः नेपाली नागरिकता प्राप्तिको प्रकिया थाल्नुपर्ने भएको थियो। आज बिहान जिल्ला प्रशासन कार्यालयमा रविसँगै उनका समर्थकहरू पनि पुगेका छन्।

सर्वोच्चको फैसलापछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पनि हट्नु परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *