मदिर सेवन श्रीमतीको हत्या गरेको आरोपमा श्रेष्ठ पक्राउ

भोजपुर – श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ गरेका छन्। भोजपुर अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेका प्रहरीले जनाएको छ।

सामान्य विवादमै श्रीमतीलाई घाँटी थिचेर हत्या गरी उनले खाडलमा पुरेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *