घुस रकमसहित जलेश्वर मालपोतका सुब्बा रंगेहात पक्राउ


काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाषचन्द्र लाल कर्णलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले ९ हजार रुपैयाँ घुस रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको हो । पक्राउ गरिएका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

प्रतिक्रिया