यु-१९ टोलीका सदस्यलाई जनही एक लाख दिने क्यानको घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले यु-१९ क्रिकेट टोलीका सदस्यहरूलाई एक-एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। युएईविरुद्ध सनसनी जित निकाल्दै विश्वकप पुगेको युवा टोलीलाई क्यानले जनही एक लाख दिने घोषणा गरेको हो।

क्यानले सरकारसँग आवश्यक सहयोग र पहलकदमी लिन आग्रह गर्ने जनाएको छ। क्यानले सामाजिक सञ्जालमार्फत् यो घोषणा गरेको हो।

युएईविरुद्ध सात रनको जित निकाल्दै अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यु-१९ विश्वकपमा छनोट भएको हो। यूएईको अज्मानस्थित इडेन गार्डेन ओभलमा भएको खेलमा नेपालले घरेलु टिमसामु एक सय ९२ रनको योगफल तयार गरेका थियो। जवाफी ब्याटिङमा उत्रिएको युएईले ४८ ओभरमा सबै विकेट गुमाएर एक सय ८४ रन मात्रै बनाउन सक्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *