मूर्ति चोरीमा संलग्न पाँच जना पेस्तोलसहित पक्राउ


जनकपुरधाम – क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित राजदेवी मन्दिरको मूर्ति चोरी गर्ने पाँच पक्राउ परेका छन् । आज (शनिबार) धनुषा प्रहरीले मुख्य योजनाकार विदेह नगरपालिका-४ का ३० वर्षीय सरिफ मुस्लमानसहित पाँच जनालाई सार्वजनिक गरेको हो ।

सोही ठाउँका २२ वर्षीय नसरुदिन साह, हबगुल्लाह साह, क्षिरेश्वरनाथ नगरपालिका–५ का ३७ वर्षीय रजाक मोहमद र कमला नगरपालिका–७ हथमुण्डाका २२ वर्षीय रमेश कुमार महतो पक्राउ परेका छन् । यही फागुण १४ गते जानकी मेडिकल कलेजस्थिको राजदेवी मन्दिरका समान उनीहरु चोरी गरेका थिए । उनीहरु पेसेबर चोर रहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

उनका अनुसार उनीहरुको समूह ठूलो रहेको र सो विषयमा अनुसन्धान भइरहेको छ । ‘उनीहरुको जालो ठूलो रहेको अहिलेसम्मको अनुसन्धानमा देखिएको छ । तत्कालीन ठाँढी झिजाको डाँका परिवारसँग उनीहरु संलग्न देखिन्छ’, उनले भने । उनीहरु चोरी गरेको समान लिएर भारत जाँदै गरेको अवस्थामा जनकनन्दनी गाउँपालिका ३ महुवास्थित रेलवे लिकबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया