दक्षिण अफ्रिकामा बस दुर्घटना : ४५ जनाको मृत्यु, एक बालिका बाँचिन !


काठमाडाैं – दक्षिण अफ्रिकामा एउटा बस पुलबाट झण्डै ५० मिटर (१६५ फिट) तल खाल्डोमा खस्दा ४५ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी लिम्पोपो प्रान्तमा जमिनमा ठोक्किएर बस खाल्डोमा खसेको बीबीसीले जनाएको छ ।

बारमा ठोकिएर दुर्घटनाग्रस्त भएको बस खाल्डोमा खसेपछि त्यसमा आगो लागेको थियो । दुर्घटनामा एक आठ वर्षीया बालिका भने बाँचेकी छन् । गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ ।

समाचारमा जनाएअनुसार यात्रुहरू बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरमा इस्टर सेवाका लागि यात्रा गरिरहेका तीर्थयात्रीहरू थिए।बिहीवार साँझसम्म उद्धार कार्य सञ्चालन भएको थियो। मृतकमध्ये केहीको शव निकाल्न गाह्रो भएको बताइएको छ ।

प्रतिक्रिया