बझाङमा एमाले तीन सय ४२ मतले अगाडी, साइपालको मात्रै गन्न बाँकी


बझाङ – बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ नेकपा एमालेका दमनबहादुर भण्डारीले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भण्डारी ११ हजार एक सय तीन मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार सात सय ६१ मतसहित भण्डारीलाई पछ्याइरहेका छन् ।

उनीहरुबीचको मतान्तर तीन सय ४२ छ । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७ सय ९७ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५ सय १० मत ल्याएका छन् । तलकोट गाउँपालिका मतगणना सकिएको छ । अब साइपाल गाउँपालिकाको मत मात्रै गन्न बाँकी छ ।

प्रतिक्रिया