एक महिनाभित्र निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडाैं महानगरको निर्देशन


काठमाडाैं – काठमाडाैं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ। महानगरपालिकाले हिजो सूचना निकालेर महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको हो ।

शिक्षा नियमावली २०५९ को नियम १५४/१) तथा काठमाडाैं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए अनुसार नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्नुपर्ने महानगरको भनाई छ ।

महानगरपालिका अन्तर्गतको शिक्षा विभागले निकालेको सूचनामा नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न सबै निजी विद्यालयहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया