हावाहुरी तथा चट्याङबाट दुई जनाको मृत्यु


काठमाडाैं – हावाहुरी तथा चट्याङका कारण दैलेख र पाल्पामा हिजो दुई जनाको मृत्यु भएको छ । दैलेखको भैरबी गाउँपालिका-६ तोरिमुलकी १२ वर्षीया बालिका शर्मिला कँडेलको चट्याङ लागेर ज्यान गएको हो ।

हिजो बेलुका परेको चट्याङ लागेर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिए ।

यस्तै हावाहुरी र असिनापानीले रुख ढल्दा लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ ।

हिजो बेलुका परेको हावाहुरीले तानसेन नगरपालिका-८ डुम्रे नजिकै जरेपिपलमारुख ढल्दा लागेर स्कुटरमा रहेका तानसेनको कैलाशनगरका २० वर्षका भुवन सिंजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया