धनकुटा-पोखरीमा डुबेर दुई जना बालकको मृत्यु


धनकुटा – पोखरीमा डुबेर धनकुटामा दुईजना बालकको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका वडा नम्बर १० मार्गामा रहेको विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिए ।

ज्यान गुमाउनेमा धनकुटा नगरपालिका वडा नम्बर १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका-९ का १५ वर्षीय दिपेश ओझा रहेका छन् । बालकहरु कसरी डुबे भन्नेबारे स्थानीयबीच विवाद भएकाले घटनास्थललाई सुरक्षित राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया