सेतीमा नुहाउने क्रममा डुबेर एकजना बेपत्ता


डोटी – सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् ।

शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ का अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ ।

उनी सुपप्र ०१ ००१ ज १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए थिए ।

कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । तामाङ बेपत्ता भएको सूचना सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए ।

तामाङको खोजी भइरहेको प्रहरीले जानएको छ ।

प्रतिक्रिया