घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडाैं – सुनको मुल्य आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुनको मुल्य आज तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रवार तोलाको एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य हिजो दुई सय रुपैयाँले बढेर तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ५ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया