आजको माैसम : देशभर बदली, केही स्थानमा वर्षाको सम्भावना


काठमाडाैं – हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले आज बाग्मती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली हुनेछ ।

केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, कोशी, मधेश प्रदेशका केही ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ । बागमती, कोशी र मधेश प्रदेशका धेरै ठाउँमा गएराति पनि पानी परेको थियो ।

मधेशको सिरहा र सुनसरी जिल्लामा ५० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको महाशाखाको तथ्यांक छ । काठमाडाैं उपत्यकामा भने गएको २४ घण्टामा १ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

यसैबीच कोशी र बागमती प्रदेशका उच्च भू–भागका केही ठाउँमा आज हल्का हिमपातको सम्भावना छ । आज राति देशभर आंशिक बदली हुने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया