रवि लामिछानेविरुद्ध सर्वोच्चमा पुन: रिट दर्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा पुन: मुद्दा दर्ता भएको छ। अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै सर्वोच्च अदालतमा युवराज पौडेल ‘सफल’ले लामिछाने विरुद्ध रिट दायर गरेका हुन्।

नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको रिट निवेदनमा उल्लेख छ। मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिति तोकिएको छ। रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको रिट दाबी गरिएको छ।

रिटमा भनिएको छ, ‘नेपालको संविधानको धारा ८७(१) (क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१(ख) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) को अवस्था विद्यमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णयलगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *