सभामुखलाई गृहमन्त्री लामिछानेको पत्र, संसदमा बोल्न दिन माग

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न दिन माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् ।

सहकारीको बचत अपचलनमा मुछिएका लामिछानेबारे संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २७ गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् ।

उनले संसद्मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन् । उनले आफ्नाबारे उठेका प्रश्नहरूका सम्बन्धमा उजुरी जाहेरी अनुसन्धान तथा अभियोजन समेत नभएको महान्यायाधिवक्ता कार्यालयबाट जानकारी आएको लामिछानेले दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *