एशिया कप क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै


काठमाडाैं – श्रीलंकामा जारी एसीसी एशिया कप महिला टी-२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग खेल्न लागेको हो ।

यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे श्रीलंकाको दाम्बुलामा सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले ऐतिहासिक जित निकालेको थियो ।

नेपालका लागि पाकिस्तान बलियो प्रतिद्वन्द्वी हो । नेपाल पहिलो जितले उत्साह साथ मैदानमा हुनेछ भने पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ । आजको खेल जितेमा नेपालको अर्को चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।

नेपाल र पाकिस्तानको खेल अघि आज दिउँसो सवा दुई बजे भारत र युएई खेल्नेछन् । हिजो भएको खेलमा श्रीलंकाले बङगलादेशलाई सात विकेट र थाइल्यान्डले मलेसियालाई २२ रनले हराएको छ ।

प्रतिक्रिया