प्रधानमन्त्री ओली आज विश्वासको मत लिँदै


काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एमाले) का अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

विश्वासको मत प्राप्त गर्न दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा एक सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया