बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको शपथ आजै


मकवानपुर – बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) को पद तथा गोपनियताको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार लामाको शपथ बिहान ११ः११ बजेका लागि तय गरिएको छ ।

लामालाई प्रदेश प्रमुख शर्माले मंगलबार साँझ प्रदेशको पाँचौं मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका थिए । लामालाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । उनीसँगै मन्त्रीहरुको समेत शपथको तयारी प्रदेशसभा सचिवालयले गरेको छ ।

सत्ता साझेदार दल कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा मिलिसकेको छ । एमालेले नयाँ बन्ने मन्त्रीको सूची नै जिम्मेवारीसहित सार्वजनिक गरिसकेको छ । कांग्रेसभित्र भने मन्त्री छनौटको रस्साकस्सी छ । कांग्रेसले बुधबार बिहानसम्ममा सबै टुंगिसक्ने जनाएको छ ।

प्रतिक्रिया