मकवानपुरमा भैँसीले मार्‍याे निकुञ्जको बाघ


चितवन – मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका-६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैंसीले चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको बाघलाई प्रतिकार गर्दा बाघ मरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।

सूचना अधिकारी तिवारीका अनुसार मरेको बाघ बुढो र दुब्लो रहेको र निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ । मरेको बाघलाई राष्ट्रिय निकुञ्ज ल्याइएको छ ।

प्रतिक्रिया