भोलि उपत्यकाभित्रका सबै पालिकामा बिदा


काठमाडाैं – कीर्तिपुरका मेयरको निधनको शोकमा भोलि आइतबार काठमाडाैं उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा काठमाडाैं उपत्यका मेयर्स फोरमले काठमाडाैं, ललितपुर र भक्तपुरका पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

लामो समयदेखि मिर्गाैलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा अस्ति बेलुका निधन भएको हो ।

फोरमका अध्यक्ष चीरबाबु महर्जनले निकाल्नुभएको विज्ञप्तिमा नकर्मीको निधनको खबरले काठमाडाैं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ ।

प्रतिक्रिया