काठमाडाैं उपत्यकाका पालिकामा आज सार्वजनिक बिदा


काठमाडाैं – कीर्तिपुरका मेयरको निधनको शोकमा काठमाडाैं उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ ।

मेयर राजकुमार नकर्मीको निधनको शोकमा काठमाडाैं उपत्यका मेयर्स फोरमले काठमाडाैं, ललितपुर र भक्तपुरका पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

लामो समयदेखि मिर्गाैलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा अस्ति बिहीवार बेलुका निधन भएको थियो । नकर्मी २०७९ को पालिका चुनावमा कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया