काठमाडौं-६ मा शिशिर खनाल विजयी

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७११ मतसहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *