रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने महाविर पक्राउ


काठमाडौं – वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१० बस्ने पर्सा वीरगंज महानगरपालिका-१३ घर भएका ५० वर्षीय महाविर प्रसाद जैशवाल (कुर्मी) लाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

महाविरले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ३ जना बाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया