चिकित्सा शिक्षा आयोगले ‘एनजी’ आएका विद्यार्थीको फारम दस्तुर फिर्ता गर्ने

काठमाडाैं – चिकित्सा शिक्षा आयोगले न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकहरूको परीक्षा दस्तुर फिर्ता गर्ने भएको छ । कक्षा १२ को नतिजामा ‘एनजी’ अर्थात् नन ग्रेड आएका विद्यार्थीहरूको फारम दस्तुर फिर्ता गर्ने भएको हो ।

पर्सि भदौ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन दिएकाहरुमध्ये तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकहरूको परीक्षा दस्तुर फिर्ता हुने आयोगले जनाएको हो ।

आयोगका अनुसार तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकको आवेदन फारम रद्द गरी आवेदन फारम भर्दा बुझाएको परीक्षा दस्तुर रकम आयोगमा दाखिला गरेको प्रमाणसहित फिर्ता माग गरेमा सम्बन्धित परीक्षार्थीले फिर्ता पाउनेछन् ।

आयोगले यस वर्ष कक्षा १२ को नतिजा नआउँदै स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *