त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र माला निषेध

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले खादा र माला निषेध गरेको छ । हवाई यात्रुहरूको बिदाइमा खादा तथा माला नल्याउन विमानस्थलले आग्रह गरेको हो ।

यात्रुले विमानस्थलस्थित आन्तरिक तथा वाह्य टर्मिनल भवन प्रवेश गर्दा बिदाइमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाँधी ल्याइने खादाकै कारण विमानस्थलको सुरक्षा उपकरणमा गम्भीर क्षति पुगेको भन्दै ती सामग्री निषेध गरेको हो ।

सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरू (एक्स-रेहरू), कन्भेयर बेल्ट तथा स्केलेटरहरूमा अड्किएर उपकरणहरूलाई गम्भीर क्षति पुर्‍याएकाले बाहिर देखिने गरी नल्याउन कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला/खादा विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *