शेयर बजार ५० अंकले घट्यो, १० अर्ब ३३ करोड बढीको कारोबार


काठमाडौं – कारोबारको पहिलो दिन शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० अङ्कले घटेको हो । आइतबार नेप्सेमा ५० दशमलव ७३ अङ्कले घटेर २ हजार ६ सय ३७ दशमलव ७९ विन्दुमा रोकिएको छ ।

आज तीन सय २४ कम्पनीको कारोबार हुँदा दई करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नाै सय ५७ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज रिभर फल्स पावर, हिमालयन हाइड्रो र रावा इनर्जीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी सिइबिडि हाइड्रोको सबै भन्दा बढी ६४ करोड ३८ लाख ६६ हजार ७८० बराबरको शेयर कारोबार भएको छ । त्यस्तै सिंगाटी हाइड्रोको सबैभन्दा बढी ९ लाख ३४ हजार ५७८ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया