वीरेन्द्रनगरमा कर्फ्यु जारी : बजार सुनसान, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन


सुर्खेत – एमसीसी सम्झौताको विराेधमा सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यु जारी भएको सुर्खेतको वीरेन्द्रनगर बजार सुनसान भएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले हिजो साेमवार बेलुकादेखि कर्फ्यु लगाएको हो ।

प्रदर्शनकारीहरूले हिजो पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजानी गर्नुका साथै झडपको स्थिति भएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।प्रदर्शनकारीहरूले वीरेन्द्रगरको वीरेन्द्र चोक, मंगलगढी चोक र यरी चोकका प्रहरी बिटमा तोडफोड गर्नुको साथै सडकभरि बोतल र ढुङ्गा फालेका छन् ।

आन्दोलन उग्र बनेपछि प्रशासनले कर्फ्यु तोड्ने व्यक्तिलाई गोलीसमेत चलाउन सक्ने आदेश सुरक्षाकर्मीलाई दिएको छ ।आज मङ्गलवार बिहानैदेखि वीरेन्द्रनगरको सडकहरू सुनसान रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्फ्यु आदेशका कारण शिवरात्रि पर्वसम्बन्धी कार्यक्रमहरू स्थगित हुनुका साथै शिव मन्दिरहरू पनि सुनसान छन् ।

प्रतिक्रिया