दुई महिनाभित्र फारम भरेका सबैको परीक्षा लिइने : विभाग


काठमाडौं – अबको दुई महिनामा चालक अनुमतिपत्र परीक्षाका लागि फारम भरेका सबैको परीक्षा लिइसकिने योजना बनाइएको छ । झन्डै पाँच लाख ७२ हजारले फारम भरेकामा उनीहरुको परीक्षा सञ्चालन हुनेछ ।

यातायात व्यवस्था कार्यालयले अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न बाँकी रहेकामा पहिले यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि अनलाइन फारम स्थगित गरेको छ । आगामी जेठ १६ गतेसम्म सबै अनुमतिपत्रको छपाइ सकिनेछ ।

देशभरका सबै यातायात कार्यालयले आफ्नो जनशक्ति र क्षमता बढाएर पनि चाँडो सबै बाँकी परीक्षा सञ्चालन गर्नुपर्नेमा विभागले जोड दिएकाे छ।

प्रतिक्रिया