निर्वाचन आयोगले भन्याे – उम्मेदवारी फिर्ताका लागि दबाब नदिनू


काठमाडौं – निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दबाब दिनु निर्वाचनजन्य कसुर र आचारसंहिता विपरित कार्य हुने जनाएको छ।  शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धम्की र धरपकड नगर्न दलहरुलाई आग्रह गरेको हाे।

आयोगले जारी गरेको विज्ञप्तिमा उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउन डर, धम्की र प्रलोभन दिएको सूचना आएका कारण त्यस्तो गतिविधि नगर्न आग्रह गरेको छ।

मनोनयन फिर्ताका लागि आयोगले शुक्रबार साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ। लिखित बाहेकका अन्य कुनैपनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने आयोगले जनाएको छ ।

प्रतिक्रिया