प्रतिनिधिसभा निर्वाचन : रास्वपा १०९, एमाले १४ र कांग्रेस १२ क्षेत्रमा अगाडी
काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार १०९ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अगाडि रहेको छ ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज साँझ ७ बजेसम्म रास्वपाका उम्मेदवार १०९ स्थानमा, नेपाली कांग्रेसका उम्मेदवार १२ स्थानमा, नेकपा (एमाले) का उम्मेदवार १४ स्थानमा र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ९ स्थानमा अगाडि छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् ।
