‘मतसंकेत गर्न नसक्ने मतदाताका लागि सहयोगी राख्न सक्ने’

काठमाडाैं – निर्वाचन आयोगले भोट हाल्न नसक्ने मतदाताका लागि सहयोगी राख्न सक्ने व्यवस्था गरेको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैं मत संकेत गर्न नसक्ने भएमा एकै घरको परिवार सदस्य सहयोगीको रुपमा मतदाताले राख्न सक्नेछन् ।

मतदाताले त्यस्तो व्यक्तिलाई भोट हाल्ने गोप्य स्थानमा लैजान चाहेमा मतदान अधिकृतले अनुमति दिनुपर्ने प्रावधान छ।

मतदान अधिकृतले ती व्यक्ति आफैं मतदान गर्न असमर्थ व्यक्ति हो वा होइन भन्ने यकीन गरेर मात्र अनुमति दिनुपर्ने आयोगले जनाएको छ । तर, सहयोगीले मतदाताको इच्छाअनुसारकै व्यक्तिलाई भोट हाल्नुपर्नेछ ।

कुनै मतदाताको कुनै एकै घरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *