जनक शिक्षाका प्रबन्ध निर्देशक झालाई कार्यालयमै मोसो दलियाे


काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनीलकुमार झालाई अखिल (क्रान्तिकारी)का कार्यकर्ताहरूले कार्यालयमै प्रवेश गरेर कालोमोसो दलेका छन् ।

देशभर नै सरकारी विद्यालयहरूमा पाठ्यपुस्तकको कृत्रिम अभाव गराएको र केन्द्रमा लामो समयदेखि भ्रष्टाचार गरेको आरोप लगाउँदै झालाई क्रान्तिकारीसम्बद्ध विद्यार्थी नेताले मोसो दलेका हुन् ।

क्रान्तिकारीले झामाथि कागज खरिदमा अनियमितता गरेको‚ निजी शैक्षिक संस्थासँग मिलेर केन्द्रलाई डुबाउन खोजेको र बालबालिकाको भविष्यमाथि खेलबाड गरेको आरोपसमेत लगाएको छ ।

प्रतिक्रिया