प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ


जनकपुरधाम – प्रतिबन्धित लागूऔषधसहित सर्लाहीबाट दुई जना पक्राउ परेका छन् । कोडैना गाउँपालिका-२ का २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका २ का ३४ वर्षीय रोशन भन्ने बिजय कुमार घिमिरे पक्राउ परेका हुन् ।

सोमबार मध्यान्ह करिब सावा तीन बजे लालबन्दी-१ नवलपुर चोकस्थित मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बीआर ३० एए ३३६५ नम्बरको मोटरसाइकललाई विशेष सूचनाको आधारमा चेक जाँच गर्दा झोलामा गम्छाले बेरी मोटरसाइकलको लेगार्डमा झुन्ड्याएको अवस्थामा नाइट्राभेट ट्याब्लेट १५ सय चक्कीसहित यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ।

पक्राउ परेका यादवलाई कार्यालयमा लगेर सोधपुछ गर्दा यस कार्यमा घिमिरे समेत संलग्न रहेको र उनको घरमा लागूऔषध राखेको भनेपछि घिमिरेको घरमा गई खानतलासी गर्दा डाइलेक्स डिईको ९० बोतल बरामद भएको उनले बताए । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया