लागुऔषधसहित दुई जना पक्राउ
बुटवल – लागुऔषध ब्राउन सुगरसहित बुटवलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार दाङको गढवा गाउँपालिका-५ का २८ वर्षीय निराजन योगी र बुटवल-११ का २२ वर्षीय आशिष विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।
बुटवल-११ देविनगरस्थित सुवर्ण पथबाट बिहीवार साँझ पक्राउ परेका दुई युवाको साथबाट ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी केसीले बताए। उनीहरुमाथि लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।