लुम्बिनी प्रदेशमा एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार


काठमाडाैं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेका छन् ।

बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेका मुख्यमन्त्री महराले आजै दिउँसो पुन एक मन्त्री नियुक्त गरेका हुन् । उनले एकीकृत समाजवादीबाट भगवती चौधरीलाई मन्त्री बनाएका छन् ।

एकीकृत समाजवादीको आपत्तिपछि भगवतीलाई मन्त्री बनाइएको हो । मुख्यमन्त्रीले यसअघि एमालेका चार र उन्मुक्तिका एक र माओवादीका एक मन्त्री थपेर मन्त्रिमण्डल बिस्तार गरेका थिए । उनले समाजवादीबाट एकजना थपेसँगै ११ सदस्यीय बनेको छ ।

प्रतिक्रिया