अवैध लागूऔषध चरेशसहित दुई जना पक्राउ


बर्दिया – अवैध लागूऔषध चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २२ किलो ९ सय ५० ग्रामसहित रूकुम पश्चिम सानो भेरी गाउँपालिका-५ बस्ने ३४ वर्षीय बम बहादुर पुन पक्राउ परेका हुन् ।

बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका पुनलाई उक्त पर्दाथसहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जमुनी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा सोही ठाउँस्थित घर भाडा लिई बस्ने रूकुम पश्चिम सानो भेरी गाउँपालिका-६ कोतगाउँ घर भएका ३० वर्षीय तिलक पुनको घर तलासी गर्दा लुकाई छिपाई राखेको ४ किलो चरेस जस्तो देखिने पर्दाथ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया