बम पड्काएर भाग्न खाेज्ने २ जना पक्राउ


दाङ – दाङकाे महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

डीएसपी तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका बताए । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ का अभियान थापा र महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।

प्रतिक्रिया