चट्याङ लागेर कपिलवस्तुमा दुई युवकको मृत्यु


कपिलवस्तु – हावाहुरी र वर्षासँगै परेको चट्याङ कारण दुईजनाको मृत्यु भएको छ ।

यशोधरा गाउँपालिका वडा नं.६ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नं.१० प्रेमनगरका १८ वर्षीय राजु ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पानी परेको समयमा घर नजिककैको खेतमा गएका बेला महेश कलवारको चट्याङ्ग परेर घटना स्थलमै मृत्यु भएको थियो । यसैगरी राजु ठाकुरको पनि घर बाहिर खेततर्फ जाँदै गर्दा बाटोमै चट्याङ्ग परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया