जबरजस्ती करणी अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ
पाल्पा – पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।