सल्यानमा बस दुर्घटना, १४ घाइते


दाङ – सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबाहक बस सल्यानको बागचौर नगरपालिका-२ ठिनबाँङमा दुर्घटना भएको हो ।

रा १ ख २०८५ नं को बस बागचौर-२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुवेर कडायतले बताए । उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए । उनका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया