३ दिदीबहिनी एकसाथ सगरमाथामा

सोलुखुम्बु – एउटै घरका ३ दिदीबहिनीले एकैसाथ सगरमाथा चढने काममा सफलता प्राप्त गरेका छन। यसरी आज सफलता प्राप्त गर्नेहरुमा दोलखाको रोल्वालिङका निमा जाङ्गबु, छिरिङ नामग्या र दावाफुटी शेर्पा छन।

उनीहरु आज बिहान सात बजे सगरमाथाको शिखरमा पुगेको सगरमाथा आधार शिविरबाट प्राप्त समाचारमा उल्लेख छ। यसरी पटक दिदीबहिनी शिखरमा पुगेर नयाँ किर्तिमान कायम गरेका छन। उनिहरुले सातै महादेशका उच्च हिमालहरु चढेर विश्व किर्तिमान कायम गर्ने आफ्नो अभियानलाई अगाडि बढाईरहेका छन।

तिन दिदी बहिनी मध्ये निमा जाङमु शेर्पाले गत सन २०१८ मा २५ दिनको अवधिमा सगरमाथा ल्होत्से र कन्चनजङ्गा चढेर किर्तिमान कायम गरेकि थिईन। दावा फुटी शेर्पा भने आमादब्लम चढने सबैभन्दा कान्छी महिला आरोही बनिसकेकी छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *