करापुटारमा शिवरात्री महोत्सवको तयारी पूरा


लमजुङ – लमजुङको ईशानेश्वर महादेव मन्दिरमा शिवरात्री महोत्सवको तयारी पूरा भएको छ ।

हिन्दु धर्मावलम्बीहरूको महान पर्व शिवरात्रीको अवसरमा मध्यनेपाल नगरपालिका-७ करापुटारमा रहेको ईशानेश्वर मन्दिरमा महोत्सवका लागि तयारी पूरा भएको हो ।

परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, प्रवर्द्धनको लागि ‘करापुटार धार्मिक तथा सांस्कृतिक महोत्सव-२०८०’ महाशिवरात्री पर्वको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले आयोजना गरेको हो ।

करापुटारमा शिवरात्रीको अवसरमा हरेक वर्ष दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । भोलि फागुन २० गतेदेखि शुरु हुने महोत्सव २९ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालकाे दाेस्राे पशुपतिनाथ भनेर चिनिने ईशानेश्वर महादेव मन्दिरकाे उत्तरतर्फ  निर्माणाधीन मुख्य प्रवेशद्वार, तस्वीर : सामाजिक सञ्जाल

प्रतिक्रिया