यु-१९ विश्व कप एसिया छनोट : नेपालले आज सिङ्गापुरसँग खेल्दै


काठमाडाैं – आईसीसी १९ वर्षमुनिकाे विश्व कप एसिया क्षेत्र छनोटकाे खेल आज शुक्रवारदेखि देखि यूएईमा सुरु हुँदैछ । नेपालसहित छ टोली सहभागी छनोट प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिकाे विश्व कप खेल्न पाउनेछ ।

नेपालले आज सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे इडेन गार्डेन्समा सुरु हुनेछ । प्रतियोगितामा नेपाल, सिङ्गापुर, मलेसिया, हङकङ, कुवेत र यूएई रहेका छन् ।

यो प्रतियोगिता लिगको आधारमा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्व कप खेल्न पाउनेछ । नेपालले अन्तिम पटक सन् २०१६ मा यो विश्व कप खेलेको थियो ।

नेपालको टोलीको कप्तानी देव खनालले गर्दैछन् । आज पहिलो खेल सिङ्गापुरसँग खेल्ने नेपाली टोलीले भोलि शनिवार कुवेतसँग, फागुन १५ गते हङकङसँग, १६ गते मलेसियासँग र अन्तिम खेल फागुन १८ गते यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया