मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने प्रहरी फन्दामा

काठमाडौं – वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५१ वर्षीया विमला थापा रहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुस‍न्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक रविन्‍द्र रेग्मीका अनुसार करम लिइ सम्पर्कबिहीन भएको उजुरी परेपछि खोजतलास गर्नेक्रममा थापालाई सोमबार बानेश्वरको थापागाउँबाट पक्राउ गरेको हो।

थापा वैदेशिक रोजगारीका लागि मलेसिया पठाइ दिने र राम्रो कम्पनीमा काम लगाइने भन्दै पीडित कमल चौधरीबाट रकम लिइ फरार भएकी थिइन्। पक्राउ परेकी थापालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *