एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थामा सुधार


काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिएका छन् ।

घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहेकी छन् । ‘उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ’, प्रेस संयोजक बजगाईंले भने, ‘भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनु भएको छ ।’

हिजो पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो । आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रतिक्रिया