प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायी आन्दोलनमा


काठमाडौं – नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन सुरु गरेको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन भएको र न्यायपालिकाप्रति जनआस्था खस्किँदो अवस्थामा पुगेको भन्दै बारले आन्दोलन सुरु गरेको हो।

न्यायपालिकाको विकृति, विसंगतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न र प्रधान न्यायाधीशको नियुक्ति अविलम्ब गर्न ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ हुन नसकेको बारको भनाइ छ।

आजदेखि कानुन व्यवसायीले बार एसोसियसन अगाडि धर्ना दिएका हुन्।

प्रतिक्रिया