राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज, आजै स्वदेश फर्कदै


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल (एम्स)मा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएसँगै राष्ट्रपति पौडेल आज नै स्वदेश फिर्ता हुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।

उपचारमा संलग्न चिकित्सकहरुले केही हप्ता आराम गर्ने सुझाव दिएका छन्। वैशाख ६ गते भारतको नयाँ दिल्लीको एम्स अस्पतालमा राष्ट्रपति पौडेल उपचारको लागि भर्ना भएका थिए । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो।

प्रतिक्रिया