अमेरिका पठाइदिने भन्दै रकम ठगी गर्ने एक पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२० घर भएका ५६ वर्षीय ओम शाक्यलाई बिहीबार कालीमाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। शाक्यले पीडित पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै पटकपटक गरी १५ लाख रुपैयाँ लिएर फरार थिए।

उनी रकम बुझेर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो। उजुरीका आधारमा खोजतलास गर्दा शाक्यलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

शाक्यलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *