नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो, सडक अवरुद्ध


भरतपुर – नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २:३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो। सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ।

प्रतिक्रिया